Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्वाचन चिह्नको भौतिक प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

निर्वाचन चिह्नको भौतिक प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

  • काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा केही राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन चिह्नको भौतिक स्वरुप बोकेर प्रयोग गरेको भन्ने गुनासो आएपछि निर्वाचन आयोगले त्यस्तो कार्य नगर्न आग्रह गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै प्रचारप्रसार गर्दा धातु, काठ वा अन्य कडा सामग्रीबाट बनाइएका भौतिक निर्वाचन चिह्न प्रयोग गर्दा सुरक्षा जोखिम बढेको र सार्वजनिक शान्तिमा असर परेको भन्ने सूचना प्राप्त भएको जनाउदै कपडा, तुल, फ्लेक्स वा कागजमा छापी तोकिएको मापदण्डअनुसार निर्वाचन चिह्न प्रयोग गर्न पाइने भए पनि भौतिक स्वरुपका चिह्न बोकेर हिँड्नु उपयुक्त नहुने आयोगले स्पष्ट गरेको छ ।

    AGNI GROUP

    प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१(१) अनुसार दल र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिह्न आयोगले निर्धारण गर्ने व्यवस्था छ। त्यस्तै, प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा ४३(१) बमोजिम दललाई अनुसूची-३० र स्वतन्त्र उम्मेदवारलाई अनुसूची-३१ अनुसार निर्वाचन चिह्न प्रदान गरिन्छ । साथै, निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा दलको झण्डा र चुनाव चिह्न प्रयोगसम्बन्धी मापदण्ड स्पष्ट गरिएको छ ।

    यसै सन्दर्भमा आयोगले सबै राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता पालना गर्दै तोकिएको मापदण्डअनुसार झण्डा र चुनाव चिह्नमार्फत मात्र प्रचारप्रसार गर्न अनुरोध गरेको छ । विपरीत कार्य गरेमा आचारसंहिताविपरीत मानिने चेतावनीसमेत आयोगले दिएको छ ।

    आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सबै सरोकारवालालाई नियमको पालना गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्न अपिल गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij