Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    १. निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा कडा सामग्रीबाट बनेका भौतिक चुनाव चिह्न प्रयोग नगर्न आग्रह गरेको छ। तोकिएको मापदण्डअनुसार छापिएको चिह्न मात्र प्रयोग गर्न पाइने जनाएको छ।

    AGNI GROUP

    २. काठमाडौँको मनमैजुमा घरभित्र पसेको चितुवालाई डिभिजन वन कार्यालयको टोलीले उद्धार गरेको छ। आक्रमणमा तीन जना सामान्य घाइते भएका छन्।

    ३. टी–२० विश्वकप सुपर आठमा इङल्याण्डले श्रीलंकालाई ५१ रनले पराजित गरेको छ। श्रीलंका ९५ रनमै अलआउट भयो।

    ४. युक्रेनी राष्ट्रपति भोलोदिमीर ज़ेलेन्स्कीले रूसले ठूलो मात्रामा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेका छन्। अधिकांश आक्रमण वायु प्रतिरक्षाले रोकेको उनले बताए।

    ५. रौतहटको गौर क्षेत्रमा दुई समुदायबीच विवादपछि कर्फ्यु जारी गरिएको छ। सर्वपक्षीय बैठकले शान्ति र सद्भाव कायम गर्न अपिल गरेको छ।

    ६. पाकिस्तान र अफगानिस्तानबीच सीमाक्षेत्रमा हवाई आक्रमणको आरोपपछि तनाव बढेको छ।

    ७. पुष्पकमल दाहाल नेतृत्वको नेकपामा किर्तिपुरका पूर्व जनप्रतिनिधि प्रवेश गरेका छन्।

    ८. निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन आयोगले सरकारलाई सिफारिस गरेको छ।

    ९. उपेन्द्र यादवले संघीयताको रक्षा मधेशको सक्रियतामा निर्भर रहेको बताएका छन्।

    १०. नेप्से २७.५९ अंकले घटेर २६१४.५५ मा पुगेको छ।

    ११. हङकङ सरकारले आगलागी प्रभावितलाई नगद वा फ्ल्याट साटफेर विकल्पसहित पुनर्वास योजना सार्वजनिक गरेको छ।

    १२. रणबीर कपुर परिवारले मुम्बईमा नयाँ आरके स्टुडियो स्थापना गर्ने तयारी गरेका छन्।

    १३. नासाले एसएलएस रकेटको इन्धन परीक्षण सफल गरेको छ, आर्टेमिस–२ अभियानको तयारी अघि बढेको छ।

    १४. अमेजनले राजस्वमा वॉलमार्टलाई उछिन्दै अग्रस्थान हासिल गरेको छ।

    १५. नेपाली बजारमा सुन तोलाको ३ लाख १० हजार ३ सय पुगेको छ, चाँदीको मूल्य पनि बढेको छ।

    १६. रौतहटमा जारी कर्फ्यु आज पनि कायम रहने प्रशासनले जनाएको छ।

    १७. डोनाल्ड ट्रम्पले आयातित वस्तुमा कर १५ प्रतिशत पुर्‍याउने घोषणा गरेका छन्।

    १८. संखुवासभा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ।

    १९. अल नासर ४–० को जितसँगै साउदी प्रो लिगको शीर्षस्थानमा पुगेको छ।

    २०. रियल म्याड्रिड ओसासुनासँग २–१ ले पराजित भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट