Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३९औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष मती प्रेमा राज्य लक्ष्मी सिंंहले काठमाण्डौ स्थित होटल ह्यात सेण्ट्रिकमा सम्पन्न समापन समारोहको पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरेकी हुन । कम्पनीलाई अग्रस्थानमा पुर्याउन मुख्य भुमिका खेल्ने कर्मचारी, अभिकर्ता, बीमित वर्गहरु, शुभेच्छुक, सरोकारवालाहरु तथा सवैप्रति उनले धन्यबाद ज्ञापन समेत गरेका छन् ।
उनले सेवाग्राहीहरुलाई उच्चस्तरीय तथा सर्व सुलभ सेवा प्रदान गरी कम्पनीको व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप कर्मचारीहरुलाई प्रविधिमा थप दक्ष बनाउने तर्फ कम्पनीले विशेष ध्यान दिँदै आएको र यसै सन्दर्भमा कम्पनीका सम्पूर्ण प्रशासनिक कर्मचारीहरुलाई आर्टिफिसियल इण्टिलिजेन्स सम्वन्धि विस्तृत तालिम प्रदान गरिएको बताए । यस्तै उनले यस प्रकारका तालिमलाई निरन्तरता दिने पनि बताए ।
समारोहमा, प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता बीमित, लगायत सरोकारवाला सबैको प्रत्यक्ष अप्रत्यक्ष साथ र सद्भावले गर्दा कम्पनीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको र भविष्यमा पनि यस प्रकारको साथ सद्भाव प्राप्त रहने विश्वास व्यक्त गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij