Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

उदयपुरमा बस दुर्घटना: १५ जना घाइते (नामसहित)

उदयपुरमा बस दुर्घटना: १५ जना घाइते (नामसहित)

ब्रेक फेल भएर

  • काठमाडौं । सोमबार बिहान करिब ११:५० बजे उदयपुरगदी गाउँपालिका–७ अधेरी जोगी टोलस्थित मदनभण्डारी लोकमार्गमा कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको ओखलढुङ्गे बस ब्रेक फेल भएर सडकबाट करिब ३०–४० फिट तल खस्दा १५ जना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    घाइतेहरूलाई तत्काल जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि ल्याइएको छ । घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण त्रियुगा उदयपुर र अस्थायी प्रहरी पोष्ट संगमचोकबाट संयुक्त टोली खटाइएको थियो । बस चालक ४५ वर्षीय बिक्रम राईलाई प्रहरी चौकी संगमचोकको नियन्त्रणमा राखिएको छ ।

    AGNI GROUP

    यी हुन् घाइते

    २२ वर्षीया मणिका मगर – सामान्य चोट

    ३५ वर्षीया अनिता चौधरी – टाउको र शरीरको विभिन्न भागमा चोट

    ७३ वर्षीया सोममाया मगर – टाउकोमा गम्भीर चोट

    ४० वर्षीय प्रकाश भुजेल – शरीरको विभिन्न भागमा चोट

    २१ वर्षीया रेशिका बस्नेत – सामान्य चोट

    १७ वर्षीय तिलक बस्नेत – सामान्य चोट

    १० वर्षीय दीपेश तामाङ्ग – सामान्य चोट

    १९ वर्षीकी पवित्रा श्रेष्ठ – सामान्य चोट

    २० वर्षीया रेश्मा बस्नेत – सामान्य चोट

    ६० वर्षीकी सोममाया परियार – गम्भीर चोट

    २७ वर्षीय नितेश बुढाथोकी ९सहचालक० – सामान्य चोट

    ७८ वर्षीय दल बहादुर तामाङ – शरीरको विभिन्न भागमा चोट

    १५ वर्षीय प्रेम तामाङ – सामान्य चोट

    २८ वर्षीय सुबास नेपाली – सामान्य चोट

    १५ वर्षीय सुजन तामाङ्ग – सामान्य चोट

    प्रहरी र उद्धार टोलीले घटनास्थलबाट सबै घाइतेलाई उद्धार गरी अस्पतालमा पुर्‍याएको जनाएको छ । दुर्घटनाको कारण र बसको प्राविधिक अवस्थाबारे थप अनुसन्धान जारी रहेको छ ।

    यस दुर्घटनाले स्थानीय सडक सुरक्षामा कडाइ आवश्यक रहेको विषयलाई पुन: जोड दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij