Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा बन्द भएको छ ।
नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार ६ अर्ब ६९ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब १३ करोड रूपैयाँमा पुगेको छ ।
यसदिन ३२९ वटा धितोपत्रको एक करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर किनबेच भएको हो। सोमबार ११३ कम्पनीको सेयरमूल्य बढेको छ भने १४० वटाको घटेको छ । यस्तै, ९ कम्पनी स्थिर छन् । यसदिन साल्पा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij