Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । धादिङमा १९ जनाको मृत्यु हुनेगरी भएको बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेको छ ।
सोमबार दिउँसो सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।
दुर्घटना भएपछि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बैठक बसेको थियो। गृह सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी र मजदुर संघ लगायतका पदाधिकारीको उपस्थितिमा बैठक बसेको थियो ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैसीगौडामा सोमबार बिहान साढे १ बजे ग.२ख १४२१ नम्बरको बस दुर्घटनामा परेको थियो ।
बस अनियन्त्रित भई सडकबाट २०० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो। घटनामा १९ जनाको मृत्यु भएको थियो । १९ जनामध्ये ९ जनाको सनाखत भएको छ । एक जना २४ वर्षीय बेलायती नागरिक स्टिवर्ट डोमिनिक इथनको मृत्यु भएको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij