Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचनको दिन आन्तरिक उडान बन्द

निर्वाचनको दिन आन्तरिक उडान बन्द

  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको दिन देशभर आन्तरिक हवाई उडान सेवा बन्द रहने भएको छ । नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एडभाइजरी जारी गर्दै उक्त जानकारी दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    बोर्डका अनुसार निर्वाचनका दिन आन्तरिक उडान सञ्चालन नहुने भए पनि अन्तर्राष्ट्रिय उडान भने नियमित रूपमा सञ्चालन हुनेछन् । निर्वाचन अवधिभर नेपाल पर्यटकका लागि सुरक्षित र खुला रहने जनाउँदै बोर्डले आवश्यक समन्वय सरोकारवाला निकायसँग गरिरहेको जनाएको छ ।

    AGNI GROUP

    त्यसैगरी, निर्वाचनको दिन विमानस्थल–होटेल तथा होटेल–विमानस्थल आवतजावतका लागि सटल बस सेवा सञ्चालन गर्न इच्छुक कम्पनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट सवारी पास उपलब्ध गराउन सिफारिस पत्र दिने व्यवस्था गरिएको बोर्डले स्पष्ट पारेको छ । यसका लागि बोर्डले सम्पर्क व्यक्तिसमेत तोकेको छ ।

    बोर्डले निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सबै सिमानाका बन्द गरिने जानकारी पनि दिएको छ । यद्यपि, देशभरका होटेल, रिसोर्ट, रेस्टुरेन्ट तथा महत्वपूर्ण ऐतिहासिक स्थलहरू भने निर्वाचनका दिन पनि खुला रहने जनाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij