Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । घरेलु उपकरण ब्रान्ड गोदरेजले नेपाली बजारमा आफ्नो नयाँ डबल डोर रेफ्रिजेरेटर ल्याएको छ । नेपाली परिवारको दैनिक आवश्यकता, जलवायु र जीवनशैलीलाई केन्द्रमा राखेर डिजाइन गरिएको यो उत्पादनले दुई सय ३४ लिटरको क्षमतासँगै उन्नत स्वास्थ्य सुरक्षा र ऊर्जा दक्षता प्रदान गर्ने कम्पनीको भनाइ छ ।
गोदरेज आरटी जिएफई–२५० मोडेलले नेपालमा हुने विद्युत् उतारचढाव, खाना संरक्षणको चुनौती र स्वास्थ्य सुरक्षाको आवश्यकतालाई एकैसाथ सम्बोधन गरेको कम्पनीको दाबी छ । यो रेफ्रिजेरेटरले मध्यम आकारका नेपाली परिवारको हप्ताभरिको खाना आवश्यकतालाई पूरा गर्नेछ ।
यसका रहेको बिल्ट इन स्टेब्लाइजरले विद्युत् ग्रिडको अनियमित भोल्टेजबाट स्वचालित सुरक्षा प्रदान गर्ने बताइएको छ । जसले गर्दा उपकरणको आयु लामो बनाउँदै मर्मत–सम्भारको झन्झटबाट मुक्ति दिन्छ । त्यस्तै, एन्टी–बी टेक्नोलोजीले खाना सामग्रीलाई हानिकारक जीवाणुबाट बचाउँछ ।
त्यस्तै, तीनवटा ग्लास सेल्फ, १८ लिटरको भेजिटेबल बास्केट र २.५ लिटर बोतल सेल्फले नेपाली परिवारको विविध खाना सामग्री व्यवस्थित राख्न सहज बनाउने कम्पनीको भनाइ छ । गोदरेज डबल डोर रेफ्रिजेरेटर स्वास्थ्यप्रति सचेत गृहिणी र विद्युतीय समस्याबाट सुरक्षित टिकाउ उपकरण खोज्ने सबै उपभोक्ताका लागि उपयुक्त रहेको बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij