Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सवारी सरुवा सहमतिमा घुस लिएका यातायातका अधिकृत र बिचौलिया पक्राउ

सवारी सरुवा सहमतिमा घुस लिएका यातायातका अधिकृत र बिचौलिया पक्राउ

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी सरुवा सहमतिका नाममा घुस लिएको आरोपमा एक अधिकृत र एक बिचौलियालाई नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत छैटौं अमृत भेटुवालले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने उजुरीका आधारमा आयोगको टोली खटिएको थियो। अनुसन्धानका क्रममा बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा फेला पारेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको हो ।

    AGNI GROUP

    आयोगका अनुसार उनीहरूलाई तीन थान मोबाइल सेटसहित मंगलबार कार्यालय परिसरबाट पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij