Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

महानगरले दियो शार्दुलजंग गुल्मलाई आगलागी नियन्त्रणका उपकरण

महानगरले दियो शार्दुलजंग गुल्मलाई आगलागी नियन्त्रणका उपकरण

  • काठमाडौँ । काठमाडौँ महानगरले नेपाली सेनाको शार्दुलजंग गुल्मलाई आगलागी नियन्त्रणका लागि आवश्यक पर्ने साधन तथा उपकरण प्रदान 

    onlinepatrika
    Arghakhachi

    गरेको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले, गुल्मपति सुमित राज मल्ललाई सामग्री तथा उपकरण हस्तान्तरण गरेकी हुन् । 

    AGNI GROUP

    हस्तान्तरण गरिएका सामग्रीहरुमा ६ किलोग्राम तौलका १६५ वटा फायर इस्टिङ्ग्वीसर, एउटा प्रोटेबल वाटर पम्प, डेलिभरी होज पाइप, फायर बुट छन् । 

    गुल्मपति मल्लका अनुसार फायर इस्टिङग्वीसर नेपाली सेनाका विभिन्न युनिटहरमा राखिनेछन् । सामग्री हस्तान्तरण भएपछि सेनाको विपद् व्यवस्थापन टोलीले नारायण पोखरीमा पोर्टेवल वाटर पम्पमा डेलिभरी होज जोडेर एक ठाउँको पानी अर्को ठाउँमा पुर्याउने अभ्यास प्रदर्शन गरेको थियो । 

    शार्दुल जंग गुल्म वि. सं. १८५६ सालबाट हनुमानढोका दरवार क्षेत्रमा तैनाथ छ । उपत्यकामा मनाइने मुख्य जात्राहरुमा सहभागी हुने यस गुल्मले हनुमानढोकामा रहेको राष्ट्रिय ढुकुटी, हनुमानढोका दरबार संग्रहालय, तलेजु भवानीको मन्दिरको सुरक्षा दिँदै आएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij