Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

फेक रेस्क्यू प्रकरणमा संलग्न दुई जना पक्राउ

फेक रेस्क्यू प्रकरणमा संलग्न दुई जना पक्राउ

  • काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उच्च हिमाली क्षेत्रमा भएको नकली उद्धार (फेक रेस्क्यू) मामिलामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    ब्यूरोका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार ट्रेकिङ तथा उड्डयन क्षेत्रका कम्पनीहरूले स्वास्थ्य समस्या परेको विदेशी पर्यटक उद्धार गरेको देखाई बीमा रकम दावी गरी गैरकानुनी आर्थिक लाभ उठाएको पाइएको छ । यसमा माउन्टेन रेस्क्यू सेवा प्रालि, एभरेस्ट एक्सपीरियन्स एण्ड एसिस्टेन्स प्रालि, नेपाल चार्टर सेवा प्रालि लगायतका कम्पनीहरूले सरकारी अभिलेखमा हेरफेर गरी रेस्क्यू सेवाको बिल र चिकित्सकीय विवरण तयार गरी बीमा रकम दावी गरेको खुलासा भएको छ ।

    AGNI GROUP

    नक्कली उद्धारको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित भएपछि यस विषयमा मुलुकी अपराध संहिता, २०७४ र संगठित अपराध निवारण ऐन, २०७० अनुसार कानुनी कारबाही अघि बढाइएको छ ।

    हालसम्म ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बीमा एजेन्ट र हेलिकप्टर कम्पनीका शेयरधनीसहित नौ जनालाई पक्राउ गरी अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ ।

    पक्राउ परेकामा रोयल हलिडेज एडभेन्चर एण्ड ट्राभल कम्पनी प्रालि, ठमेलका २८ बर्षिय सन्दिप तिवारी, विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष राजेन्द्र बहादुर सिंह रहेका छन् ।

    ब्यूरोले यस विषयमा थप अनुसन्धान भईरहेको छ र आवश्यक कारबाही अघि बढाइने बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij