Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

स्याङ्जामा पहिलोपटक अंगीकृत नागरिकता वितरण

स्याङ्जामा पहिलोपटक अंगीकृत नागरिकता वितरण

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले संशोधित नागरिकता कानून कार्यान्वयनमा आएपछि जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता वितरण गरेको छ । पुतलीबजार नगरपालिका–४ निवासी मुना पोख्रेलका छोरा डेबिट पोख्रेल र छोरी प्रियंका पोख्रेलले अंगीकृत नागरिकता प्राप्त गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाली आमाबाट जन्मिएका यी दुई नागरिकका पिता विदेशी नागरिक भएकाले यसअघि नागरिकता लिन कठिनाइ हुँदै आएको थियो । पछिल्लो कानुनी संशोधनपछि भने उनले नागरिकता पाएका हुन् ।

    AGNI GROUP

    प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार, नेपाली महिला र विदेशी नागरिकबीच विवाह भई जन्मिएका सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था कार्यान्वयनमा आएपछि स्याङ्जाबाट पहिलोपटक यो प्रक्रिया अघि बढाइएको हो ।

    ‘संविधानले सुनिश्चित गरेको नागरिकताको अधिकार कार्यान्वयनतर्फ यो महत्वपूर्ण कदम हो,’ उनले भने, ‘नयाँ कानुनी व्यवस्थाअनुसार योग्य व्यक्तिलाई नागरिकता प्रदान गर्ने काम सुरु भइसकेको छ ।’

    कानून संशोधनपछि प्रमुख जिल्ला अधिकारीमार्फत नै अंगीकृत नागरिकता प्रदान गर्न सकिने प्रावधान लागू भएपछि प्रक्रिया सहज बनेको प्रशासनले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij