Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौं उपत्यकाका १५ उम्मेदवारले आज साझा मार्गचित्र सार्वजनिक गर्ने

काठमाडौं उपत्यकाका १५ उम्मेदवारले आज साझा मार्गचित्र सार्वजनिक गर्ने

  • काठमाडौं । संघीय राजधानी उपत्यका अन्तर्गत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरूले विकासको मार्गचित्र भिजन १० सहित साझा प्रतिबद्धता सार्वजनिक गर्ने भएका छन् । उपत्यकामा काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका २ गरी १५ संघीय निर्वाचन क्षेत्र छन् ।

    onlinepatrika
    Arghakhachi

    दिउँसो उम्मेदवारहरूको उपस्थितिमा प्रतिबद्धता सार्वजनिक गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी ५ वर्षमा गरिने साझा कामको खाका तयार पार्दै सार्वजनिकीकरणको अगुवाइ गरेका छन् ।

    AGNI GROUP

    महामन्त्री पौडेलले संघीय राजधानीको यातायात, पूर्वाधारसहितका मुद्दामा उम्मेदवारहरूबीच परामर्शपश्चात खाका तयार पारिएको र आज सार्वजनिक गर्ने जानकारी दिए ।

    उनले भने, ‘समग्र उपत्यकाको विकासको मार्गचित्र हाम्रो प्राथमिकतामा छ । एक्लाएक्लै भन्दा साझा रूपमा मुद्दा उठाउन सहज हुने भएकाले साझा प्रतिबद्धता सार्वजनिक गर्न लागेका हौँ ।’

    कार्यक्रममा तीनवटै जिल्लाका नेपाली कांग्रेसका उम्मेदवारहरू उपस्थित हुने नेपाली कांग्रेस काठमाडौंका सचिव सुशन वैद्यले जानकारी दिए । उक्त कार्यक्रम काठमाडौंको विशालनगर भाटभटेनीमा दिउँसो १ बजे हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij