Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सले भदौ २३ र २४ को घटनाबारे छानविन गर्न गौरीशंकर कार्कीको अध्यक्षतामा बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
कार्की आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरेको भन्दै अलायन्सले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रधानमन्त्री निजी सचिवालयमा ध्यानाकर्षणसहितको मागपत्र दर्ता गराएका हुन् । आयोगको प्रतिवेदन लुकाउन खोजिएको उनीहरुको आरोप छ ।
अन्तरिम नागरिक सरकारले जेनजीका अन्य माग सम्बोधन गर्ने अपेक्षाअनुसार काम नभएको उनीहरुको भनाइ छ ।
मागपत्रमा भनिएको छ,‘विशेषगरी भाद्र २३ र २४ को घटनाको निष्पक्ष छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरी, सिफारिसहरु कार्यान्वयन गरी दोषीलाई कारबाही र पीडितहरूलाई न्यायको अनुभूति यही अन्तरिम नागरिक सरकारले गराउँछ भन्ने हाम्रो अपेक्षा थियो । तर पछिल्लो समय जाँचबुझ आयोगको पटकपटक म्याद थप भएर निर्वाचन पछाडि सम्मको म्याद थप भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन निर्वाचनपछि मात्र सार्वजनिक गरिने समाचारहरूले जनमानसमा गम्भीर संशय पैदा गरेको अलायन्सको भनाइ छ ।
विगतका कैयौं आयोगका प्रतिवेदनहरू जस्तै यसलाई पनि दराजमा थन्क्याएर दण्डहीनताको शृङ्खलालाई नै निरन्तरता दिन खोजिएको त होइन रु यदि त्यसो भयो भने, जेनजीको रगत र पसिनाको जगमा उभिएको यो अन्तरिम सरकारले सम्पूर्ण जनआन्दोलनप्रति नै विश्वासघात गरेको ठहरिने उनीको भनाइ छ ।
पत्रमा भनिएको छ,‘यस्तो कदमले यहाँको नेतृत्व र मन्त्रिपरिषद्का सदस्यहरूका साथै आयोगका पदाधिकारीहरूको सार्वजनिक छविमा कहिल्यै नमेटिने कलङ्क लगाउने निश्चित छ ।’
निर्वाचन सम्पन्न हुनासाथ कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने स्पष्ट प्रतिबद्धता आजै जाहेर गर्न उनीहरुले खबरदारी माग गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij