Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

आज मगर दिवस मनाइदै

आज मगर दिवस मनाइदै

  • काठमाडौं । आज ४४औँ मगर एकता दिवस मगर समुदायले देशैभरि विविध कार्यक्रम गरी दिवस मनाउँदै छन् ।

    onlinepatrika
    Arghakhachi

    मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघ स्थापनाका अवसरमा मगर समुदायले प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएका छन् ।

    AGNI GROUP

    विशेष गरी मगर बाहुल्य क्षेत्रमा विभिन्न कार्यक्रमहरू गरी दिवस मनाउने गरिन्छ । 

    मगर समुदायले जातीय मौलिकतालाई जीवन्त राख्न प्रयत्न गरेको दिन भएकाले सार्वजनिक बिदा दिन सरकारसँग माग समेत गरेका छन् । नेपाल मगर संघले देशका ४३ वटा स्थानीय सरकारले आज सार्वजनिक बिदा दिएको जानकारी दिएको छ ।

    २०३९ साल फागुन १५ गते तनहुँ जिल्लाको दमौलीमा देशैभरिका मगरहरु सहभागी भई प्रथम राष्ट्रिय सम्मेलनमार्फत नेपाल मगर संघ स्थापना गरेको दिनलाई मगर समुदायले मगर एकता दिवसको रुपमा मनाउदै आएका छन् ।

    राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसंख्या ६.९ प्रतिशत अर्थात् २० लाख १३ हजार ४९८ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij