Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ललितपुरमा चितुवाको आक्रमणमा परेर एक जना घाइते भएका छन् ।
गएराति साढे ८ बजे ललितपुरको गोदावरी नगरपाललिका– ५ सुनारटोलस्थित गोरेटो बाटोमा चितुवाले आक्रमण गर्दा सोलुखुम्बु घर भएका ६१ वर्षीय रण बहादुर गर्तौला घाइते भएका हुन् ।
उनी कामबाट घर आउने क्रममा गोरेटो बाटोमा एक्कासी चितुवाले उनलाई आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरेपछि घाइतेलाई बचाउने क्रममा स्थानीयले चितुवालाई मारेका थिए ।
जिल्ला प्रहरी परिसर ललितपुरको मातहत प्रहरी चौकी लेलेबाट प्रहरी टोली खटेर घाइतेलाई उद्धार गरी आफन्त समेतको सहयोगमा लगनखेलस्थित पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याएर उपचार भइरहेको छ ।
मृत चितुवाको लागि जिल्ला बन कार्यालयसँग समन्वय गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij