Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौँमा राति ९ बजेपछि रात्रि व्यवसाय सञ्चालनमा रोक

काठमाडौँमा राति ९ बजेपछि रात्रि व्यवसाय सञ्चालनमा रोक

प्रशासनले फागुन १८ गतेदेखि लागू हुने गरी राति ९ बजेपछि सम्पूर्ण व्यवसाय बन्द गर्न निर्देशन दिएको हो ।

  • काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय सञ्चालनमा समय सीमा तोकेको छ । प्रशासनले फागुन १८ गतेदेखि लागू हुने गरी राति ९ बजेपछि सम्पूर्ण व्यवसाय बन्द गर्न निर्देशन दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचना अनुसार फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो । प्रशासनले काठमाडौँ जिल्लाभित्र सञ्चालन हुने होटेल, रेस्टुरेन्ट लगायतका सम्पूर्ण रात्रिकालीन व्यवसायहरू अर्को निर्णय नभएसम्मका लागि राति ९ जबेसम्म मात्र सञ्चालन गर्न पाइने छ । 

    AGNI GROUP

    जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘निर्वाचन सुरक्षालाई मध्यनजर गरी काठमाडौँ जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू फागुन १८ देखी अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्मको लागी मात्र सञ्चालन गर्ने र त्यसपछि सम्पूर्ण व्यवसायहरू बन्द गर्न, गराउनुहुन सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’  यो नियम फागुन १८ गतेदेखि अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij