Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । झापामा हिजो एमालेनिकट भोलेन्टियर्स फोर्सका कार्यकर्ताले पत्रकार अर्जुन आचार्यमाथि गरेको आक्रमणको नेपाल पत्रकार महासंघले निन्दा गरेको छ ।
कमल गाउँपालिकामा रिपोर्टिङको क्रममा भएको कुटपिटबाट आचार्यको अनुहारमा चोट लागेको छ । महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति निकाल्दै पेशागत धर्म निर्वाहका क्रममा भएको यो आक्रमण निन्दनीय र प्रेस स्वतन्त्रताको अभ्यासमाथिको प्रहार भनेका छन् ।
आक्रमणमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई निर्वाध र सुरक्षित अभ्यासमा जुट्ने वातवारण बनाउन महासंघले ध्यानाकर्षण गराएको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij