Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

काठमाडौंमा मनाइयो १८औं अन्तर्राष्ट्रिय ह्विलचियर दिवस

काठमाडौंमा मनाइयो १८औं अन्तर्राष्ट्रिय ह्विलचियर दिवस

  • काठमाडौं । स्पाइनल इन्जरीसँग सम्बन्धित अधिकार र पहुँचको मुद्दालाई केन्द्रमा राख्दै १८औं अन्तर्राष्ट्रिय ह्विलचियर दिवस काठमाडौंमा मनाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    स्पाइनल इन्जरी संघ नेपालका कार्यकारी निर्देशक इशा थापाका अनुसार उक्त दिवस भृकुटीमण्डप मा विशेष कार्यक्रमसहित मनाइएको हो । नेपालमा यो दिवस २०६८ सालदेखि निरन्तर रूपमा मनाउँदै आएको संघले जनाएको छ ।

    AGNI GROUP

    यस वर्षको मूल नारा ‘ह्विल चियर पहुँचयुक्त नेपाल, स्वतन्त्र जीवन र समानता हाम्रो अधिकार’ रहेको छ । संघका अनुसार पहुँचयुक्त (एक्सेसिबिलिटी) नेपाल निर्माण गर्नु नै यस अभियानको प्रमुख उद्देश्य हो । संरचनागत सुधार मात्र नभई समाजको सोच र दृष्टिकोणलाई समेत पहुँचयुक्त बनाउनुपर्नेमा जोड दिइएको छ ।

    कार्यक्रममा अपाङ्गता क्षेत्रमा काम गर्ने विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै साझा अभियानका रूपमा दिवस मनाइएको आयोजकले जनाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न संस्थाबाट सहभागीहरू उपस्थित भएका थिए । करिब २७० जनाको सहभागिता रहेको कार्यक्रममा र्‍याली पनि आयोजना गरिएको थियो ।

    र्‍याली भृकुटीमण्डपबाट सुरू भई टुँडिखेल परिक्रमा गरिएको थियो । संघका अनुसार आगामी दिनमा सातै प्रदेशमा रहेका प्रयोगकर्तालाई सहभागी गराउँदै प्रदेशस्तरमै दिवस मनाउने योजना छ ।

    सातै प्रदेशका सार्वजनिक स्थल र संरचनालाई पहुँचयुक्त बनाउने लक्ष्यका साथ अभियानलाई विस्तार गर्ने तयारी गरिएको छ । संघले नेपालमा पहुँच र अपाङ्गता सम्बन्धी पर्याप्त अध्ययन तथा अनुसन्धान भए पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको उल्लेख गरेको छ । उपलब्ध अनुसन्धानलाई व्यवहारमा लागू गर्न सके पहुँचयुक्त नेपाल निर्माणको अभियानलाई थप बल पुग्ने विश्वास व्यक्त गरिएको छ ।

    b11fj9epvsrmw0cwn0hb5sxbyc.png
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij