Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओलीको भिडियो सन्देश: कित्ता स्पष्ट पार्ने समय आयो, देश बचाउने कि नबचाउने ?

ओलीको भिडियो सन्देश: कित्ता स्पष्ट पार्ने समय आयो, देश बचाउने कि नबचाउने ?

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको पुर्व सन्ध्यामा मतदातालाई कित्ता स्पष्ट पार्ने बेला आएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आइतबार भिडियो सन्देश जारी गर्दै ओलीले अब राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा वा राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्ष उभिने हो कित्ताकाट गर्ने समय आएको बताएका हुन्।

    AGNI GROUP

    उनले भनेका छन्- 'अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ । तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नु हुने छैन ।'

    ओलीले आफु बारे थुप्रै भ्रम फैलाइएको बताउदै मतदाताका आफूप्रतिका गुनासा र प्रश्न भएको र आफ्ना केही कमजोरी पनि रहेको स्वीकारेका छन् । उनले भनेका छन्- मलाई थाहा छ थुप्रै भ्रम फैलाइएको छ । मप्रति तपाइँका गुनासा र प्रश्न छन् र मेरा केहि कमीकमजोरी पनि होलान, तर तपाईंलाई यो पनि थाहा छ, मैले यस देशको अखण्डताको सवालमा, यस देशको स्वाभिमानको सवालमा, यस देशको राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौता गरेको छैन र गर्दिनँ पनि ।’ 

    ओलीले एउटा निर्वाचित सरकारलाई अपदस्थ गराउन विध्वंस मच्चाएर प्रतिनिधिसभा विघटन गराइएको उल्लेख गर्दै ठण्डा दिमागले देश हामीले बचाउने कि नबचाउने ? भन्ने प्रश्न आफैलाई सोध्न आग्रह गरेका छन् ।

    ओलीले सन्देशमा आफू बाँच्ने दिन बाँचिसकेका दिनभन्दा बढी भएकाहरूका लागि लडिरहेको बताउदै अब देश पहिला भन्ने समय आएको बताएका छन् । उनले भनेका छन्- 'अब तपाईंले पनि देश पहिले भन्ने दिन आएको छ । देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो । देश पहिले भनेको भूमि र जनता पहिले भनेको हो । र देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो । देश पहिले भनेको सार्वजनिक सम्पत्ति पहिले भनेको हो । सिंहदरबार, अदालत, संसद्, सडक, सरकारी कार्यालय, प्रहरी चौकी, सुरक्षा निकाय, यी सबै तपाईंको कर र भरोसाले बनेका हुन् । यी जल्दा तपाईंको भरोसा मात्र होइन तपाईँको सपना पनि जल्छ, जलेको छ। आज हामीलाई अब यी कहिल्यै नजल्ने ग्यारेन्टी चाहिएको छ। त्यस ग्यारेन्टीको लागि आज देश पहिले भन्ने भावना चाहिएको छ ।’

    ओलीले अब आफ्नो स्वाभिमान नझुक्ने ग्यारेन्टी र देश कहिल्लै नजल्ने ग्यारेन्टी चाहिएको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij