Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

युद्ध प्रभावित देशमा रहेका नेपालीको सुरक्षा र उद्धारप्रति आयोगको ध्यानाकर्षण

युद्ध प्रभावित देशमा रहेका नेपालीको सुरक्षा र उद्धारप्रति आयोगको ध्यानाकर्षण

  • काठमाडौँ । इरानमा भएको इजरायल-अमेरिकी आक्रमणपछि मध्यपूर्वका देशहरूमा सिर्जित जटिल परिस्थितिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण गराएको छ । युद्धका कारण त्यहाँ रहेका नेपाली नागरिकहरूमा पर्न सक्ने जोखिमप्रति आयोगले चिन्ता व्यक्त गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगले राज्यले आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यक परेमा उद्धार गर्नु अत्यावश्यक जिम्मेवारी भएको उल्लेख गर्दै युद्धग्रस्त र प्रभावित मुलुकमा रहेका नेपालीहरूको सुरक्षाको लागि सरकारले तथ्याङ्क सङ्कलन गरी जोखिम मूल्याङ्कन गर्न, आवश्यक जानकारी संकलन गर्न र संकटमा परेका नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन तुरुन्त कदम चाल्नुपर्ने आयोगको आग्रह छ ।

    AGNI GROUP

    यस कार्यका लागि सरकारले आफ्ना कुटनीतिक नियोगहरूको प्रभावकारी परिचालन गर्नुका साथै त्यहाँका गैरआवासीय नेपाली संघ/संगठनहरूसँग पनि समन्वय र सहकार्य गर्नुपर्ने आयोगले बताएको छ ।

    आयोगले युद्धग्रस्त तथा जोखिमयुक्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारमा तत्काल ध्यान दिन नेपाल सरकार, विदेशस्थित कुटनीतिक नियोगहरू तथा त्यहाँका नेपाली समुदायलाई अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij