Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नयाँ बानेश्वरमै ट्रिपरले लियो ज्यान

नयाँ बानेश्वरमै ट्रिपरले लियो ज्यान

  • काठमाडौँ । काठमाडौँको नयाँबानेश्वरमा ट्रिपरको ठक्करबाट स्कुटरमा सवारको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज बिहान ८ः४५ बजे मिनभवन सिभिल अस्पताल अगाडि फोहोर बोक्ने ट्रिपरले स्कुटरलाई ठक्कर दिएको हो । ट्रिपरका चालक गोर्खा भूमिचोक स्थायी घर भई पेप्सीकोला बस्ने २६ वर्षीय विकास थापा मगर हुन् । उनले चलाएको बा२क ३२२९ नम्बरको फोहर बोक्ने ट्रिपर तीनकुने आइरहेको थियो ।

    AGNI GROUP

    सुनसरी इनर्वा–५ स्थायी घर भई भक्तपुर लोकन्थली बस्ने ४८ वर्षीय बद्री कोइराला प्र३–००१ब ९४५ को सरकारी स्कुटर चलाएर तीनकुनेतिर जाँदै थिए ।

    ठक्करबाट घाइते कोइरालालाई उपचारका लागि सिभिल अस्पताल लगिएकामा ८ः५५ मा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij