Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उच्च अधिकारीको टोली ललितपुरको विभिन्न दुर्गम क्षेत्रको मतदान स्थलको अनुगमन तथा निरीक्षण गरेको छ ।
बिहीबार हुने प्रतिनिधि सभाको निर्वाचनको तयारी र समग्र शान्ति सुरक्षाको अवस्था बुझ्नको लागि गृहमन्त्री अर्यालको टोली पुगेको हो ।टोलीमा गृहमन्त्रीसहित गृहमन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेसहित उच्च अधिकारी सहभागी छन् ।
निर्वाचन तयारी र सुरक्षा अवस्था बुझ्न उच्च अधिकारीको टोलीले आज ललितपुरका बुंमती, गोटिखेल, लेलेलगायत मतदान केन्द्रको स्थलगत अनुगमन गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
निर्वाचन सुरक्षाको अनुगमन तथा समग्र निर्वाचनको वातावरणलाई ध्यान दिएर सम्बन्धित सुरक्षा निकाय र मतदान केन्द्रहरूको स्थलगत अनुगमन गरी सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री अर्यालले यसअघि पनि विभिन्न जिल्ला पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij