Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मतदान अधिकृत गैरको जिम्मेवारी खोसियो

मतदान अधिकृत गैरको जिम्मेवारी खोसियो

  • बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानस्थलमा खटिएका एक मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ । बागलुङ–२ स्थित गलकोट नगरपालिका–१० रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेको जिम्मेवारी खोसिएको हो ।

    onlinepatrika
    Arghakhachi

    निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीका अनुसार उनले मतदान अधिकृतले गर्न नहुने किसिमका गतिविधि गरेको देखिएकाले जिम्मेवारीबाट हटाइएको हो । उनले  मतदान अधिकृतहरूको ह्वाट्सएप समूहमा गलत अभिव्यक्ति दिएका थिए । जहाँ उनले ‘तपाइको मत ढुवानी खर्च ८ हजार दिनुहुन्छ अनि गाडीले १६ हजार लिन्छ अनि नभागेर च्यापेर बस्नु ?’ जस्ता अभिव्यक्ति लेखेका थिए ।

    AGNI GROUP

    उनको लेखबाट जिल्लाभित्रका अन्य मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरूको मनोबल गिराउने कार्य भएको सुवेदीले बताए । उनलाई हटाएको जानकारी निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय तथा सम्बन्धित निकायलाई समेत गराइएको कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij