Jun 04 2026 | २०८३, जेठ २१ गते
उदयपुरमा मतदान चलिरहँदा मतपेटिकामा गोली लागेको छ । मतदान स्थलको सुरक्षामा खटिएका प्रहरी जवानले बोकेको हतियार झुक्किएर अकस्मात पड्किएर मतपेटिकामा गोली लागेको हो ।
गोलीले मतपेटिकामा क्षति भएको छ । यद्यपि पेटिकामा खसेका मतपत्रहरू भने सुरक्षित छन् । बिहान ७:१३ बजे कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोलाको ‘ख’ मतदान केन्द्रमा घटना भएको हो ।

गोली चल्दा मतपेटिकामा ४ वटा मत खसिसकेको थियो । मतपेटिकामा क्षति भए पनि भोट हालिसकेको मतपत्र सुरक्षित रहेकोले मतपत्र अर्को मतपेटिकामा राखेर मतदान सुरू गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij