Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

उद्योग वाणिज्य संघ काठमाडौंकी सचिव महराद्वारा मतदान

उद्योग वाणिज्य संघ काठमाडौंकी सचिव महराद्वारा मतदान

  • काठमाडौं । उद्योग वाणिज्य संघ काठमाडौंकी सचिव तथा वरिष्ठ ब्युटिसियन सुष्मा महराले प्रतिनिधि सभा क्षेत्र नम्बर ४ को निर्वाचनमा मतदान गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    महराले चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेकी हुन् ।

    AGNI GROUP

    मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले जुनसुकै सरकार आए पनि देशमा भ्रष्टाचारको अन्त्य हुनुपर्ने र स्वास्थ्य तथा शिक्षा सेवा नि:शुल्क रूपमा लागू गरिनुपर्ने बताइन् ।

    उनले नागरिकको मतले देशको भविष्यको दिशा तय गर्ने भएकाले सबै मतदाताले जिम्मेवार ढंगले मतदान प्रक्रियामा सहभागी हुनुपर्नेमा जोड दिइन् ।

    लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij