Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द

नेपाल वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द

  • काठमाडौँ । मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण हवाई क्षेत्र बन्द हुँदा नेपाल वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    निगमले बिहीबार सूचना जारी गर्दै २०८२ फागुन २१ गतेका लागि तय गरिएको काठमाडौँ-दोहा उडान र २०८२ फागुन २२ गतेका लागि तय गरिएको दोहा(काठमाडौँ उडान रद्द गरिएको जानकारी दिएको हो ।

    AGNI GROUP

    मध्यपूर्व क्षेत्रमा देखिएको सुरक्षा अवस्थाका कारण केही हवाई मार्ग बन्द भएकाले उडान सञ्चालन गर्न नसकिएको निगमले जनाएको छ ।यसबाट यात्रुहरूलाई पर्न गएको असुविधाप्रति निगमले क्षमायाचना समेत व्यक्त गरेको छ ।

    निगमका अनुसार मध्यपूर्वका दुबई, दोहा र दमाम गन्तव्यका आगामी उडानबारे जानकारी लिन यात्रुहरूले निगमको आधिकारिक सूचना तथा तोकिएका सम्पर्क नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल जान आग्रह गरिएको छ ।

    थप जानकारीका लागि यात्रुहरूले नेपाल वायुसेवा निगमको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल नियमित रूपमा हेर्न पनि अनुरोध गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij