Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कैलाली जिल्ला कारागार

कैलाली कारागारका २६ जना कैदीबन्दीले गरे मतदान

कैलाली कारागारका २६ जना कैदीबन्दीले गरे मतदान

  • काठमाडौं । कैलाली जिल्ला कारागारमा रहेका २६ जना कैदीबन्दीले मतदान गरेका छन् । कारागारमा रहेका २३ जना पुरुष र तीन महिला कैदीबन्दीले कारागारभित्र रहेको अस्थायी मतदान केन्द्रमा मतदान गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    कैलाली कारागारमा ५१२ जना कैदीबन्दी रहेका छन् । त्यसमध्ये ३० जना कैदीबन्दी मतदाता रहेको कारागारमा रहेको अस्थायी मतदान केन्द्रका मतदान अधिकृत शिवराज जोशीले जानकारी दिए । मतदाताको सूचीमा नाम रहेकामध्ये तीन कैदीबन्दी कारागारमुक्त भइसकेका र एक कैदीबन्दीको अन्यत्र कारागारमा सरुवा भएको उनले बताए ।

    AGNI GROUP

    कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्न पाउँछन् । कैलालीमा जिल्ला कारागारसहित चार ठाउँमा अस्थायी मतदान केन्द्र राखिएका छन् । धनगढी, गोदावरी नगरपालिकाको अत्तरिया तथा टीकापुरमा अस्थायी मतदान केन्द्र राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij