Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित सुरक्षा संवेदनशीलताका कारण काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार मात्रै १४ वटा अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ ।
त्रिभूवन विमानस्थल कार्यालयले शुक्रबार सूचना जारी गर्दै कुवेत, दुबई, दोहा तथा शारजाह गन्तव्यमा सञ्चालन हुने विभिन्न वायुसेवाका १४ उडान रद्द भएका जानकारी गराएको हो ।
विमानस्थल कार्यालयका अनुसार जजीरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका कुवेत-काठमाडौँ-कुवेत, शारजाह-काठमाडौँ-शारजाह, दुबई-काठमाडौँ-दुबई तथा दोहा-काठमाडौँ-दोहा उडानहरू रद्द भएका हुन् ।
विमानस्थल प्रशासनले यात्रु व्यवस्थापनलाई सहज तथा प्रभावकारी बनाउन सम्बन्धित वायुसेवा कम्पनीहरूसँग समन्वय गरी आवश्यक सहजीकरण गरिरहेको जनाएको छ । कार्यालयले यात्रुहरूलाई थप जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गर्न आग्रह गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij