Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । काठमाडौं उपत्यकासहित देशको विभिन्न भू-भागमा तुवालोको कारण आकाश धुम्म भएको छ । पछिल्लो केही दिन यता मौसम उघ्रिन सकेको छैन । देशैभर वायुप्रदूषण उच्च रहेको छ ।
विशेषगरी देशको पूर्वी भागमा वायुमण्डलमा अत्यधिक प्रदुषण भरिएको छ। सोही कारण काठमाडौं विश्वकै प्रदूषित शहरको १० सूचीकोभित्र परेको छ । वायुको गणस्तर मापनका आधारमा यस्तो सूची सार्वजनिक गर्ने आइक्युएयरका अनुसारका विश्वकै प्रदूषित शहरको सूचीको दोस्रो स्थानमा काठमाडौं रहेको छ ।
काठमाडौंको हावाको गुणस्तर १८४ भन्दा माथि छ । काठमाडौंको पनि शंखपार्कमा १६७ इन्डेक्स रहेको छ । नेपालमा काठमाडौंको मात्र नभई इलाम प्रदूषित शहरको भित्र परेको छ । देउखुरी दाङ , भैसेपाटी, भक्तपुर रत्नपार्क,खुमलटार , कीर्तिपुर सबैभन्दा प्रदूषित रहेको छ ।
सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०–६० सम्मको अवस्थालाई राम्रो मानिन्छ । तर यी ठाउँमा हावाको गुणस्तर (एयर क्वालेटी इन्डेक्स) १६० भन्दा माथि छ । यो अवस्था खतराको संकेत हो ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ एयर क्वालिटी ६०७ देखाएको छ। यो अत्यधिक घातक अवस्था हो।’ उनका अनुसार भारतको बिहार र सो वरिपरि अत्यधिक प्रदूषण हुँदा त्यसको असर नेपालमा पनि देखिएको छ।
अहिलेको अवस्थाबाट बच्न मास्क को प्रयोग गर्नु नै अहिलेको लागि अचुक उपाय भएको उल्लेख गर्दै बाहिरी हिडडुल कम गर्नु नै अनुरोध गरे ।
‘काठमाडौंमा पनि पदूषण छ तर बढी बादल ले छोपेको हुनाले अँध्यारो भएको हो’ उनले भने ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij