Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ

मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ

  • झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भिष्म सिटौलाले आइतबार साँझ करिब ७ः३० बजे मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज तथा हातपात गरेको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    मेयर सुवेदीका अनुसार सिटौला घरमै आएर विवाद गर्दै आफूलाई बाहिर निस्कन भन्दै हातपात गरेका थिए । प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको हो ।

    उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij