Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र देखिएको वर्तमान परिस्थितिमा नेतृत्वले राजीनामा दिन नहुने टिप्पणी गरेका छन् ।
सभापति थापाले चुनावमा भएको पराजयको नैतिक जिम्मेवारी लिदै राजीनामा दिन लागेको विषय बाहिर आएपछि नेता भण्डारीले अहिले नैतिकताको नाममा राजीनामा दिन नहुने भन्दै अहिले जिम्मेवारी पुरा गर्ने समय भएको बताएका छन् ।
भण्डारीले अहिलेको अवस्थामा नेपाली काँग्रेसलाई जोगाउनु नै ठूलो नैतिक दायित्व बनेको उल्लेख गर्दै पछिल्लो समय युवाहरू पार्टीबाट टाढिँदै गएको यथार्थलाई स्वीकार गर्दै उनले यस्तो अवस्थामा पार्टी छोडेर हिँड्ने होइन, समस्याको उपचार गरेर संगठन बलियो बनाउने काम गर्नुपर्ने बताएका छन् ।
उनले नेपाली राजनीतिमा नैतिकता कमजोर हुँदै गएको उल्लेख गर्दै अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ पुस्तालाई अघि ल्याउनुपर्ने आवश्यकता रहेको र समस्या देखेर भाग्नु नेतृत्वको काम नभई समाधान खोज्दै संगठन जोगाउनु नै साँचो नेतृत्वको जिम्मेवारी हुने उनको टिप्पणी रहेको छ ।
साथै उनले इच्छाशक्ति र साहस भए नेपाली काँग्रेसलाई बचाउने लडाइँ अझै सम्भव रहेको पनि बताएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij