Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचन २०८२

नेतृत्व पराजित हुँदा पनि एमालेका यी नौ उम्मेदवारले जोगाए पार्टीको साख (सूची)

नेतृत्व पराजित हुँदा पनि एमालेका यी नौ उम्मेदवारले जोगाए पार्टीको साख (सूची)

  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष तहका धेरै उम्मेदवार पराजित भएको अवस्थामा पनि केही क्षेत्रमा भने एमालेले सम्मानजनक उपस्थिति कायम गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    देशका विभिन्न नौ निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका छन् । तीमध्ये सात क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेको छ भने दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई पछि पार्दै एमालेले जित हात पारेको हो ।

    AGNI GROUP

    समग्र चुनावी परिणाममा एमाले अपेक्षाकृत कमजोर देखिए पनि यी नौ क्षेत्रका उम्मेदवारले पार्टीको साख जोगाउन महत्वपूर्ण भूमिका खेलेका छन् । बाँके, इलाम, दार्चुला, बझाङ, धनकुटा, संखुवासभा, ताप्लेजुङ, दैलेख र अछामका केही क्षेत्रमा एमाले उम्मेदवारले प्रतिस्पर्धी दललाई हराउँदै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका छन् ।

    विशेषगरी बाँके–२ र संखुवासभा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई हराउँदै एमालेले जित निकालेको छ भने बाँकी सात क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका छन् ।

    हेर्नुहोस् प्रत्यक्ष निर्वाचित एमालेका नौ सांसदको सूची–

    क्र.सं उम्मेदवार (एमाले) क्षेत्र प्राप्त मत निकटतम प्रतिस्पर्धी पार्टी प्राप्त मत
    1 मोहम्मद इश्तियाक राई बाँके–२ २४,६८२ विवेककुमार श्रेष्ठ रास्वपा १८,५७२
    2 सुहाङ नेम्वाङ इलाम–२ २३,४२६ भेषराज आचार्य नेपाली कांग्रेस १४,६९०
    3 गणेश सिंह ठगुन्ना दार्चुला–१ १८,६९१ धामानन्द जोशी नेपाली कांग्रेस १५,८३६
    4 ऐनबहादुर महर बझाङ–१ १८,५४३ प्रकाश सापकोटी सेढी नेपाली कांग्रेस १६,३०४
    5 राजेन्द्रकुमार राई धनकुटा–१ २०,३३२ दिनेश राई नेपाली कांग्रेस १४,२५७
    6 अर्जुनकुमार कार्की संखुवासभा–१ १६,६६६ बिन्दा नेपा रास्वपा १५,०००
    7 शिवराज देवे ताप्लेजुङ–१ १३,९६२ गजेन्द्रबहादुर तुम्बाहाम्फे नेपाली कांग्रेस ११,९९१
    8 लक्ष्मीप्रसाद पोखरेल दैलेख–२ १३,६८८ दीपेन्द्रकुमार शाह नेपाली कांग्रेस ९,५५२

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij