Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौंको बौद्धस्थित जम्बुडाँडाबाट प्रहरीले पेस्तोल र एक राउन्ड गोली बरामद गरेको छ ।
गोकर्णेश्वर नगरपालिका–५ स्थित जम्बुडाँडामा झाडीमा लुकाएर राखिएको अवस्थामा एक थान पेस्तोल र एक सय राउन्ड गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोका नेतृत्वको टोलीले उक्त पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ । घटनास्थलबाट तीन थान म्यागजिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij