Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कपिलवस्तुमा सक्रिय ग्यालेक्सी युथ क्लबको 'खाद्यान्न वितरण' अभियान शुरु

कपिलवस्तुमा सक्रिय ग्यालेक्सी युथ क्लबको 'खाद्यान्न वितरण' अभियान शुरु

  • कपिलवस्तु । कपिलवस्तु जिल्लामा सक्रिय ग्यालेक्सी युथ क्लबले  'खाद्यान्न वितरण' अभियानको शुरुवात गरेको छ । क्लबले कपिलवस्तु-९ स्थित शोभा खत्रीलाई खाद्यान्न वितरण गरेर अभियानको शुरुवात गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आर्थिक अवस्था कमजोर रहेकी शोभाको परिवारलाई क्लबले चामलसहित दैनिक खाद्यान्न सहयोग गरेको क्लबका अध्यक्ष अमृत गिरीले जानकारी दिएका छन् । सो अवसरमा क्लबका सदस्य तथा स्थानीय अभियन्ताहरुको उपस्थिति रहेको थियो । 

    AGNI GROUP

    क्लबका अध्यक्ष गिरीका अनुसार यस अभियान अन्तर्गत अबको दुई महिनासम्म जिल्लाका विपन्न परिवारको पहिचान गरेर वितरण गर्ने कार्यक्रम रहेको छ ।

    ग्यालेक्सी युथ क्लबले जिल्लामा सरसफाई अभियान 'सफा कपिलवस्तु अभियान', 'सपना बोक्ने झोला' अभियानसहितका विभिन्न अभियान संचालन गर्दै आएको आएको छ ।

    ग्यालेक्सी युथ क्लब हाल कपिलवस्तुमा सामाजिक उत्तरदायित्व बोक्ने युवाहरूको साझा मञ्च बनेको छ । क्लबको कार्यशैली र समर्पणले अन्य युवाहरूलाई पनि समाजसेवातर्फ प्रेरित गरिरहेको छ । यस क्लबको नेतृत्व २१ बर्षिय युवा अभियन्ता अमृत गिरीले गरेका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij