Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्वाचन २०८२

कास्कीमा ४० उम्मेदवारको जमानत जफत

कास्कीमा ४० उम्मेदवारको जमानत जफत

  • काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा उम्मेदवारी दिएका ४९ मध्ये ४० जनाको जमानत जफत भएको छ । कास्कीका तीनै क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिन स्विप गर्दा कांग्रेस र एमालेबाहेक अन्य सबै दल र स्वतन्त्र उम्मेदवारले आवश्यक मत ल्याउन नसक्दा जमानत जफत भएको हो ।

    onlinepatrika
    Arghakhachi

    धरौटी जफत भएका ४० मध्ये ३२ जनाले प्राप्त गरेको मत एक प्रतिशतभन्दा कम छ । कास्की १ मा जमानत जफत भएका ४० उम्मेदवारमध्ये नेकपा उम्मेदवार राजकाजी गुरुङ, कांग्रेस उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका कास्की २ का निर्देशविक्रम पौडेललगायत छन् ।

    AGNI GROUP

    कास्की २ मा रास्वपाका उत्तम पौडेलले जित हात पार्दा निकटतम एमालेका रश्मि आचार्य र कांग्रेसका माधवप्रसाद बाँस्तोलाले मात्र धरौटी जोगाएका छन् । अन्य १४ जनाको भने धरौटी जफत भएको छ । यस क्षेत्रमा ५० हजार ६७५ मत सदर भएको थियो । धरौटी जफत हुनेमा हेमबहादुर थापा पराजुली (नेकपा), ओलबहादुर गुरुङ (मंगोल नेसनल अर्गनाइजेसन), विनिता अवाल (नेमकिपा), कुशल गुरुङ (उज्यालो नेपाल पार्टी), विष्णुप्रसाद तिवारी (स्वतन्त्र), हेमजंग गुरुङ (राप्रपा), ज्ञानराज गुरुङ, प्रेमबहादुर थापा (नेकपा माओवादी), दीपक भण्डारी (प्रलोपा) लगायत छन् ।

    कास्की ३ मा ६२ हजार ६४९ मत सदर भएकोमा रास्वपाकी विना गुरुङ विजयी हुँदा निकटतम कांग्रेसका मनोज गुरुङ र एमालेका दामोदर बैरागीले धरौटी जोगाएका छन् । अन्य १२ जनाको भने जफत भयो । धरौटी जफत हुनेमा टेकबहादुर सार्की (संयुक्त नागरिक पार्टी), कुशल थापा क्षेत्री (आम जनता पार्टी), मीना न्हिसुतू (नेमकिपा), तर्कबहादुर गुरुङ (उज्यालो), ओमप्रकाश विश्वकर्मा (नेपाल मातृभूमि पार्टी) लगायत छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij