Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । ७ लाख ३१ हजार घुससहित पक्राउ परेका डिभिजन वन कार्यालय धनगढीका बरिष्ठ वन अधिकृत पूर्णशंकर यादबलाई एक वर्ष तीन महिना कैद सजाय भएको छ । बिशेष अदालतले उनको घुससम्बन्धि मुद्दामा मंगलबार फैसला सुनाउँदै दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ५ साउनमा उनलाई पक्राउ गरेको थियो ।
सोही मुद्दामा प्रेमसिंह ठगुन्ना र किसुनसिंह राउदलाई एक एक वर्ष कैद सजाय भएको छ । उनीहरुलाई दामासाहीले प्रतिव्यक्ति दुई लाख ४३ हजार ६६६ रुपैयाँ जरिवाना भएको छ । यादबले ठगुन्ना र साउदसँग घुस लिएका हुन् । उनीहरुकै उजुरीमा अख्तियारले पक्राउ गरेको थियो । तर, बिेशष अदालतमा बयान गर्ने क्रममा घुस नभई लेनदेन भएको भनेर बताएपछि अख्तियारले उनीहरुलाई पनि प्रतिवादी बनाएको हो । जसमा उनीहरु पनि दोषी ठहर भएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij