Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राप्रपाको समानुपातिक मत : लुम्बिनीमा धेरै, कर्णालीमा कम

राप्रपाको समानुपातिक मत : लुम्बिनीमा धेरै, कर्णालीमा कम

  • रुपन्देही । ०७९ भन्दा धेरै मतान्तरमा घटेको राप्रपाको सबै प्रदेशमा भन्दा लुम्बिनीमा राम्रो मत आएको छ । ०७९मा प्रत्यक्ष र समानुपातिक गरी १४ सिट जितेको राप्रपा अहिले घटेर ५ सिटमा पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रत्यक्षमा जुम्लाबाट ज्ञानेन्द्र शाहीले मात्रै जितेका छन् भने समानुपातिकमा तीन लाख ३० हजार २८१ मत पाएको छ । शाहीले जितेकै कारण उसले राष्ट्रिय पार्टी बन्न पाएको छ ।

    AGNI GROUP

    राप्रपाको समानुपातिक मत विवरणअनुसार कोशी प्रदेशमा ६२८९९, मधेश प्रदेशमा ३५२३९, बागमती प्रदेशमा ७६५२१, गण्डकी प्रदेशमा २३५५६, लुम्बिनी प्रदेशमा ८००४८, कर्णाली प्रदेशमा १५७५५, सुदूरपश्चिम प्रदेशमा ३६२६३ गरी जम्मा ३ लाख ३० हजार २८१ मत पुगेका सो पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले जनाएका छन् ।

    लुम्बिनीमा यसअघि रुपन्देही ३, नवलपरासी २ र बाँके २ राप्रपाले जिते पनि अहिले भने जमानतसमेत जफत भएको छ तर समानुपातिकमा भने लुम्बिनीबाट राम्रो मत आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij