१- सरकारले पश्चिम एसियामा रहेका नेपाली नागरिकको सुरक्षाका लागि निरन्तर काम गरिरहेको र आवश्यक परे सुरक्षित रूपमा स्वदेश फर्काउने तयारी भइरहेको जनाएको छ।
२- नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनामा वस्तु निर्यात ३२.२% बढेर १६८ अर्ब पुगेको छ भने आयात १३.६% बढेर ११२३ अर्ब पुगेको छ।
३- इन्डियन प्रिमियर लिग (आईपिएल) २०२६ को उद्घाटन खेल मार्च २८ मा रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदराबादबीच हुने तालिका सार्वजनिक भएको छ।
४- नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म नेपालको विदेशी मुद्रा सञ्चिति बढेर ३३ खर्ब २ अर्ब पुगेको छ।
५- बंगलादेशले पाकिस्तानलाई पहिलो एकदिवसीय खेलमा ८ विकेटले हराउँदै सिरिजमा १–० को अग्रता बनाएको छ।
६- चालु आर्थिक वर्षको सात महिनामा विप्रेषण आप्रवाह ३९.८% बढेर १२ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ।
७- नेपाल आयल निगमले सम्भावित संकटलाई ध्यानमा राख्दै उपभोक्तालाई इन्धन र ग्यासको खपत कम गर्न आग्रह गरेको छ।
८- होर्मुज जलडमरूमध्य नजिक ओमानको उत्तरतर्फ थाइल्याण्डको कार्गो जहाजमाथि आक्रमण हुँदा चालक दलको उद्धार गरिएको छ।
९- ‘फेक रेस्क्यू’ प्रकरणमा संलग्न आरोपमा ट्रेकिङ कम्पनी सञ्चालक पासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ।
१०- पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालमा निर्वाचन जितेकोमा रवि लामिछाने र बालेन्द्र शाहलाई बधाई दिएका छन्।
११- कांग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगन थापाको राजीनामा माग गरेका छन्।
१२- नेप्से बुधबार ४६.७८ अंकले घटेर २७९६.५७ विन्दुमा झरेको छ।
१३- प्रतिनिधिसभा निर्वाचनको मतगणना सकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल बनेको छ।
१४- रवि लामिछानेविरुद्धको अभियोग संशोधनसम्बन्धी रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।
१५- अस्ट्रेलियामा शरण लिएकी एक इरानी महिला फुटबल खेलाडी स्वदेश फर्किने निर्णय गरेकी छन्।
१६- नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला ३ लाख १९ हजार पुगेको छ भने चाँदी स्थिर रहेको छ।
१७- वायु प्रदूषण नियन्त्रणका लागि विश्व बैंकले नेपाललाई ५२ मिलियन डलर सहुलियत ऋण स्वीकृत गरेको छ।
१८- संयुक्त राष्ट्र संघले नेपालले प्रस्ताव गरेको “अन्तर्राष्ट्रिय आरोग्य दिवस” प्रत्येक वर्ष अप्रिल १५ मा मनाउने निर्णय पारित गरेको छ।
१९- अमेरिका, इजरायल र इरानबीचको युद्ध १२औँ दिनमा प्रवेश गर्दा रुसले युद्ध रोक्न राजनीतिक संवादको आह्वान गरेको छ।
२०- युइएफए च्याम्पियन्स लिग राउण्ड अफ १६ का पहिलो लिगमा बायर्न म्युनिख र एटलेटिको म्याड्रिड विजयी भएका छन् भने बार्सिलोना बराबरी र लिभरपुल पराजित भएको छ।


