Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

इनिशा बिक हत्या प्रकरण

इनिसा विकको न्याय माग्दै सडकमा उत्रिए विद्यार्थी

इनिसा विकको न्याय माग्दै सडकमा उत्रिए विद्यार्थी

  • काठमाडौं । इनिशा बिक हत्या प्रकरणको छानविन र दोषिलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    इनिशा बिकलाई न्याय दिनुपर्ने भन्दै पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंको बागबजारदेखि माइतिघरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

    AGNI GROUP

    प्रदर्शनमा सहभागी विद्यार्थीहरुले इनिशा बिकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, नारीहरुको सुरक्षा गर, घटनाको निष्पक्ष सम्मान गर लगायतका नारा लगाएका थिए । कालोपट्टी बाधेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले पीडित परिवारले न्याय नपाएसम्म विरोध प्रदर्शन नरोकिने जनाएका छन् ।

    सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij