Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रवि लामिछाने अस्वस्थ, बालेनले घरमै गएर भेटे

रवि लामिछाने अस्वस्थ, बालेनले घरमै गएर भेटे

  • काठमाडौं । रास्वपा सभापति रवि लामिछाने चुनावको धपेडीका कारण अस्वस्थ बनेका छन् । उनी घरमै बसेर आराम गरिरहेको प्रमुख स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    लामिछानेलाई केही दिनदेखि ज्वरो आइरहेको छ । चेकजाँचका क्रममा पिशाबमा इन्फेक्सन देखिएको थियो । उनी नियमित औषधि सेवन गरिरहेका छन्, तर ज्वरो रोकिएको छैन । चिकित्सकले अझै एक–दुई दिन आराम गर्न सुझाीका छन् ।

    AGNI GROUP

    भावी प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह हिजो लामिछानेलाई उनको निवासमै पुगेर भेटेका छन् । चुनावको नतिजापछि उनीहरुको पहिलोपटक भेट भएको हो । स्वकीय सचिव आचार्यका अनुसार नेताद्वयबीच वान टु वान कुराकानी भएको थियो ।

    रास्वपाले पर्सीसम्म समानुपातिकमा पठाउने उम्मेदवारहरु छान्नुपर्ने छ । यस्तै, बालेन नेतृत्वको मन्त्रीपरिषदको पनि गृहकार्य गर्नुपर्ने छ । यी दुवै विषयमा रवि र बालेनबीच सामान्य छलफल भएको स्रोतले बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij