Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको टोलीले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग गरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई धन्यवाद ज्ञापन गरेको छ ।
नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र अनौपचारिक क्षेत्र सेवा केन्द्रका अध्यक्ष विजयराज गौतमसहितको टोलीले गृहमन्त्री अर्याललाई भेटेर धन्यवाद पत्र बुझाएको हो ।
अभियानले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन नेपाल सरकार तथा विशेषगरी गृह मन्त्रालयले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेको छ ।
ज्ञापन पत्रमा भदौ २३ र २४ गतेको नव युवा आन्दोलनपछि बनेको सरकारले चुनौतीपूर्ण परिस्थितिमा पनि निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन सफल भएको उल्लेख गरिएको छ ।
निर्वाचन अवधिभर कायम गरिएको शान्ति-सुरक्षा र जनविश्वास बढाउने प्रयासले नागरिकमा लोकतन्त्रप्रतिको विश्वास अझ मजबुत बनेको अभियानको भनाइ छ । साथै आगामी दिनमा पनि विधिको शासन, मानव अधिकारको संरक्षण र सुशासन प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहने विश्वास व्यक्त गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij