Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कम्बोडियाबाट २१ नेपालीको उद्धार

कम्बोडियाबाट २१ नेपालीको उद्धार

  • काठमाडौँ । कम्बोडियामा अलपत्र परेका २१ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ । नेपाली राजदूतावास बैंककको पहल र कम्बोडिया सरकारको सहयोगमा गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरूलाई शुक्रबार नेपाल ल्याइएको हो ।

    onlinepatrika
    Arghakhachi

    राजदूतावासका अनुसार विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका ती नेपालीलाई अवैध रूपमा सञ्चालन गरिएका अनलाइन ठगी केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा लगाइएको थियो । केही नेपाली बिना भिसा वा भिसाको अवधि सकिएपछि पनि कम्बोडियामा बसिरहेका थिए ।

    AGNI GROUP

    राजदूतावासले त्यस्तो अवस्थामा रहेका नेपालीलाई नेपाल फर्कन सहजीकरणका लागि आफूहरूसँग वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरेको छ । अनलाइन ठगी केन्द्रमा काम गराइएकाहरूको राहदानी कम्पनीले जफत गर्ने वा स्थानान्तरणका क्रममा हराउने घटना पनि देखिएको गुनासो आएको जनाइएको छ। यस्तो अवस्थामा नेपाल फर्किन राजदूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ ।

    उपलब्ध तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको छ । सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया पुगेका थिए भने सन् २०२२ मा १ हजार ९७७, सन् २०२३ मा २ हजार ९४०, सन् २०२४ मा ६ हजार ४०४ र सन् २०२५ मा ९ हजार ६७६ जना पुगेको तथ्यांक छ ।

    राजदूतावासले वैदेशिक रोजगारीका लागि नेपाल सरकारले तोकेको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र विदेश जान र छिटो धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार तथा थाइल्याण्डजस्ता देशमा भ्रमणको बहानामा काम गर्न नजान सबैलाई आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij