Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

किशोरी साहको रिटमा सुनुवाइ सकियो

किशोरी साहको रिटमा सुनुवाइ सकियो

  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा धनुषा-१ मा उम्मेदवारी खारेज भएपछि रास्वपाका किशोरी साहले दायर रिटमा सुनुवाइ सकिएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा रिटमाथिको सुनुवाइ सकिएको हो ।

    onlinepatrika
    Arghakhachi

    उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध साहले फागुन १९ गते रिट दायर गरेका थिए । बिहीबार न्यायाधीश न्यायाधीश सारंगा सुवेदीकै इजलासले उम्मेदवार बनेका साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको थियो ।

    AGNI GROUP

    साहले गलत ढंगले आफ्नो नाम कालोसूचीमा राखिएको दाबीसहित साह सर्वोच्च अदालत पुगेका थिए ।

    उक्त रिटमा सुनुवाइ गर्दै नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी भएको थियो । यो आदेशसँगै साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयसमेत निस्तेज हुने अवस्थामा पुगेको हो ।

    निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरे पनि फागुन २१ को निर्वाचनमा उनको चुनाव चिह्न घण्टीमा धेरै भोट आएको थियो । तर उम्मेदवारी नै खारेज भएको अवस्थामा उनीभन्दा धेरै कम मत पाएका नेकपाका उम्मेदवार मातृका यादवलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij