Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मौसम

आज कस्तो रहला देशभरको मौसम ?

आज कस्तो रहला देशभरको मौसम ?

  • काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ ।  

    onlinepatrika
    Arghakhachi

    आज दिउँसो लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

    AGNI GROUP

    कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। 

    आज राति कोशी, कर्णाली र सुदूरपश्चिम  प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा  साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानहरूमा चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। 

    कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij