Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको महाप्रबन्धकमा डा. बाबु काजी थापा नियुक्त भएका छन् । महासंघको बोर्ड बैठकले थापालाई चार वर्षे कार्यकालका लागि महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त महाप्रबन्धक थापाले चैत्र १ गतेदेखि कार्यभार सम्हालेका छन् । गत साउनदेखि वरिष्ठ अधिकृत गोपीकृष्ण भण्डारीलाई कायम मुकायम महाप्रबन्धकको जिम्मेवारी सम्हालिरहेका थिए । यसअघिका महाप्रबन्धक सुरेश थापाले राजीनामा दिएपछि भण्डारीलाई जिम्मेवारी दिइएको थियो ।
थापाले सार्वजनिक प्रशासन र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले कृषि विकास बैंकमा २५ वर्ष सेवा गर्दै उप–महाप्रबन्धक पदबाट सन् २०२५ मा अवकाश लिएका थिए । वित्त तथा विकाससम्बन्धी विभिन्न संस्थामा समेत नेतृत्व तथा परामर्शदाताको अनुभव उनीसँग छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij