Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । बाजुरामा हावाहुरीसँगै असिना पानी परेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा असिना पानी परेको हो । आइतबार बिहानबाटै मौसममा बदलिए आएसँगै चिसोसमेत बढेको छ ।
हावाहुरी र असिना पानीले खेतमा लगाइएको गहुँ, जौ, आलु, प्याज र टमाटरलगायतको तरकारी बालीमा असर परेको हो । यहाँका किसानले हिउँदमा मेहेनत गरेर लगाएको खेती असिना पानीले असर पुर्याएपछि किसान चिन्तित बनेका छन्।
बाजुराको तल्लो भेग त्रिवेणी, खप्तड छेडेदह, गौमुल र बडीमालिकामा असिना पानीले असर परेको हो । असिनाले हिउँदे बाली गँहु, जौ, तरकारी, फलफुल खेतीमा ठूलो क्षति भएको बडिमालिका-७ का स्थानीय मोती उपाध्यायले बताए । बाजुरामा वर्षेनी असिना पानीले हिउँदे बालीनालीमा असर गर्ने गरेको उनी बताउँछन् ।
असिना पानीले गहुँबालीमा क्षति गरेपनि भर्खरै लगाएका फलफूलका बिरुवाहरुलाई भने राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij