Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । पूर्वसचिव एवं एरोनोटिक इन्जिनियर सुरेश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । जेन-जी पुस्ताको भावना समेटिएको यस राष्ट्रिय गीतको बोल ‘यो मुलुक जोगाउने योद्धा हौ युवा, नयाँ नेपालको अभियन्ता हौ युवा’ रहेको छ ।
गीतको रचना सियारा आचार्यको छ । शक्ति बल्लभको संगीत रहेको गीतमा सुमित खड्काले स्वर दिएका छन् । एरेन्जर साथै रेकर्डिङ/मिक्सिङ सुरज श्रेष्ठले गरेका छन् ।
सुरेश साहित्यिक एवं सांगीतिक क्षेत्रमा ‘सियारा आचार्य’ नामले चिनिन्छन् । उनले यसअघि दर्जनौँ गिती एल्बम बजारमा ल्याइसकेका छ्न् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij