Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमााडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ युवक सम्पर्कविहीन भएका छन्।
गत फागुन २३ गते सिकार खेल्न गएका उनीहरू घर नफर्किएपछि खोजबिनका लागि प्रहरीमा खबर आएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले बताए । उनीहरूका परिवारजनले आइतबार बेलुका ५ बजेतिर बराहताल गाउँपालिका–२ का आसे महतराले घटना’ प्रहरीलाई जानकारी दिएको बताए ।
प्रहरीमा आएको जानकारी अनुसार सम्पर्कविहीन हुनेमा बराहताल गाउँपालिका१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेको डीएसपी बुढथापाले बताए ।
सम्पर्कविहीन हुनेहरू गाउँदेखि १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएको प्रहरीले जनाएको छ। उनीहरूको खोजिका लागि राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र आपसापको क्षेत्रका प्रहरी एकाइसँग समन्वय भइरहेको उनले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij