Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

२६ अंकले बजार घट्दा चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट

२६ अंकले बजार घट्दा चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट

  • काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३४५ कम्पनिका ३ करोड ७ लाख ९० हजार २११ कित्ता शेयर ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार ८८ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    AGNI GROUP

    आज सालपा विकास बैंक, रिलायन्स स्मिनिंग मिल्स, अपर हेवा खोला हाइड्रो र सोलु हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै होटल फरेस्ट इनको शेयर ९.९३ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी सिद्धार्थ इक्विटी फण्डको शेयर ४.३९ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको शेयरमा ६८ करोड ७७ लाख बराबरको कारोबार भएको छ भने नेशनल हाइड्रोको ६६ करोड १४ लाखको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij